सप्तरी । देशमा थप २ हजार ४३३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ९,७०२ पीसीआर परीक्षणमा २,०५२ जना र ४,६७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी २४३३ जनामा जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ जना रहेका छन् । जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् ।