जनकपुरधाम : आज आन्तरिक मामिला तथा संचार मन्त्रालयद्वारा प्रेस बिज्ञप्ति जारि,

उपरोक्त सम्बन्धमा यस मन्त्रालयसँग सम्बन्धित रहेर बुधबार केहि अनलाइन न्युज पोर्टलहरुमा आएको समाचारको विषयमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । जिम्मेवारी सम्हालेको छोटो समयमा उल्लेख्य कामकारवाहीहरु सम्पादन गर्दै आएको अवस्थामा प्रेषित त्यस किसिमका समाचारहरुले मन्त्रालय र सम्बन्धित माननिय मन्त्रि ज्युको प्रतिष्ष्ठामा आँच पुगेको हाम्रो ठहर छ ।

समाचारहरुमा उल्लेख भएवमोजिम मन्त्रालयले विलासिताको लागि नभई मन्त्रालयको आवश्यकता अनुसार प्रकृयावमोजिम सवारी साधनलगायत खरिदका लागि पहल गरेको यस विज्ञप्तीमार्फत सम्पुर्णमा जानकारी गराउन चाहन्छौ । माननिय मन्त्री भरत प्रसाद शाहज्युले ८ वटा गाडी प्रयोग गर्ने गरेको बिवरण समेत कपोकल्पित र झुटा रहेको प्रष्ट पार्दै मन्त्री ज्युले हाल टाटा कम्पनीको सफारी स्टोर्म र सुरक्षाकर्मीले एउटा पिक अप भ्यान मात्र प्रयोग गरेको अवगत गराउदछौँ ।

माननिय मन्त्रीज्युले प्रयोग गरिरहेको सवारी समेत हाल सहि अवस्था नरहेको जानकारी गराउदछौँ । अत्यावश्यक कार्यहरुको लागि हिड्दा सो गाडी बारम्बार बाटोमै बिग्रने र कार्यहरुमा बिलम्व हुँदा हैरानी खेप्नुपरेको हुँदा मन्त्रालयमार्फत सवारीको माग गरिएको सबैमा जानकारी गराउदछौ । मोबाइललगायतका सामग्री खरिद गर्ने सम्बन्धमा प्रकाशित समाचारहरु शतप्रतिशत झुटा, तथ्यहिन र कपोकल्पित रहेको स्पष्ट पार्दछौ ।

साथै, बारम्बार पत्राचार ताकेता गर्दा पनि पुर्वराज्यमन्त्रीले सवारी साधन र अन्य सामग्री फिर्ता नगरेको हुँदा मन्त्रालयको कामकारवाही पनि प्रभावित भइरहेको जानकारी गराउँदै उक्त सामग्रीहरु यथाशिघ्र बुझबुझारथ गरी लिने पनि स्पष्ट पार्दछौ ।

खरिद प्रकृया शुरु समेत नभइसकेको अवस्थामा तथ्यलाई बङ्ग्याएर प्रेषित भ्रामक समाचारका कारण आम जनतामा मन्त्रालय, सम्बन्धित मन्त्री मात्र नभई समग्र व्यवस्थाप्रति नै अविश्वासको वातावरण बन्न जान्छ ।

लामो संघर्ष र बलिदानीबाट प्राप्त यस व्यवस्थाप्रती सम्मान र प्रतिष्ठालाई जोगाउनु हामी सबैको कतव्र्य हो । यसर्थ, यसै विज्ञप्तीमार्फत सो समाचारहरुको खण्डन गर्दै सत्यतथ्यपरक समाचार सम्प्रेषण गरिदिनुहुन समग्र सञ्चारजगतलाई विनम्रतापुर्वक अनुरोध गर्दछौ ।

स्वकीय सचिवालय
मा.आन्तरिक मामिला तथा सञ्चार, प्रदेश २