जनकपुरधाम : जनता समाजवादी पार्टी(जसपा) नेपालले थालेको सुज अभियान अन्तर्गत आज शुक्रबार जनकपुरधाममा अभिमुखिकरण कार्यक्रम जारी रहेको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघमा जारी रहेको अभिमुखिकरण कार्यक्रममा पार्टीका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव,वरिष्ठ नेता अशोक कुमार राई, महेन्द्र राय यादव, रेणु यादव लगायतका नेताहरु प्रमुख वक्ताको रुपमा सहभागी छन् ।


अभिमुखिकरण कार्यक्रमको लागि जिल्लास्थित कार्यकारिणी समिति सदस्य, केन्द्रिय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, प्रदेश समिति सदस्य, जिल्ला समिति पदाधिकारी, भ्रातृ र जनवर्गीय संगठनका पदाधिकारी लगायतको सहभागीता रहेको छ ।