लहान भदौ ११ गते।सिरहामा चोरी भएको जेसीबी (स्काभेटर) भारत बिहारको मधुबनिमा भेटिएको छ ।

गोलबजार नगरपालिका ८ चोहर्वाको राज हार्डवेय पसल अगाडीबाट मंगलबार राति चोरी भएको जेसीबी भारत, बिहारको मधुमनि जिल्लाको खुटैना नजीकै सडक छेउमा छोरी राखिएको अवस्थामा फेला परेको हो ।

भारतीय प्रहरीसँगको समन्वयमा खोज तलास गर्दै जाने क्रममा जेसीभी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । बरामद जेसीभी प्रकृया पुरा गरी आजै साहुले चोहर्वा ल्याई पुर्याएको बताइएको छ ।

प्रहरीले चोरीमा सलग्नहरुको पहिचान खुलिसकेको र उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

सेसीभी धनी र प्रहरीले जेसीभी हिडेको बाटो पहिल्याउँदै भारत छिरेको देखिएपछि भारतीय प्रहरीसँगको समन्वयमा जेसीभी सम्म पुगेको बताइएको छ ।