मधेशटप, भदौ १३ गते ।

जनकपुरधाम । जनकपुरधाम स्थिति जानकी मन्दिरस्थित रहेको जानकी प्रहरी चौकीका सई नागेन्द्र यादव बर्दिमै बियर खाएको भिडियो सार्वजनिक भएको हो।

जनकपुरको प्रादेशिक अस्पताल अगाडी रहेको दरभँगा सिटी स्क्यान सेन्टरमा राती उनले डयुटीकै बेला प्रहरीको पोशाकमै बियर खाँदै गरेको भिडियो सिटि टिभी फेला पारेको छ । भिडियो गत साउन १६ गते अर्थात ३१ जुलाई २०२१ को रहेको देखिएको हो  ।

सई यादवले दरभँगा सिटी स्क्यानमा गएर दिनहुँ रक्सी खाने गरेको बताइएको छ । राती डयुटिमा खटेको बेला दरभँगा सिटी स्क्यानको ल्याबभित्रै बियर खाँदै गरेको भिडियोमा देखिएको हो ।

जानकारी अनुसार, सई यादवले डयुटीको बेला सो क्षेत्रमा निस्कदा अन्य नीजि अस्पताल वा क्लीनिकहरुमा गएर बर्दिमै (प्रहरी पोशाक) मै रक्सी खाने गरेका छन् । नीजी क्लीनीक र अस्पतालहरुमा हुने गैर–कानुनी कार्यलाई सँरक्षण दिनको लागि उनी अस्पतालहरुबाट महिनबारी समेत उठाउने गरेको आरोप छ ।

भिडियोमा सई यादव डयुटीको बेला राती करिब १० बजेर ५३ मिनेटमा दरभँगा सिटी स्क्यानको ल्याबमा गएर कुर्शीमै सुतेको देखिन्छ । डयुटीको बेला प्रहरीले सुत्न नपाउने अनुशासनमा छ । उनी आफ्नो क्षेत्रमा हुने डयुटीको बेला सिटी स्क्यानको ल्याबको कुर्शीमा निदाएको देखिन्छन् ।

केही बेरपछि दरभँगा सिटी स्क्यानका एक कर्मचारीले उनलाई उठाउँछन् । उठाएर बियर ल्याएर दिन्छन् । कर्मचारी गएपछि सई यादवले बियर ग्लासमा हालेर खाँदै गरको देखिन्छन् ।

त्यसअघि बियर लिएर आउने दरभँगा सिटी स्क्यानका व्यवस्थापक भनिएका आदर्श यादव प्रहरीको पोशाक अन्तर्गतको टोपी लगाएको देखिन्छन् । प्रहरीको टोपी सम्बन्धित व्यक्ति बाहेक अन्यले लगाउनु भनेको हतियार खोस्नु जस्तै मानिन्छ ।

सई यादव कुर्शीमा सुतिरहेको बेला दरभँगा सिटी स्क्यानका व्यवस्थापक आदर्श यादवले बियर लिएर आउँछन र बियर राखेर सई यादवले लगाउने प्रहरीको टोपी उनी लगाउँछन र केही बेर पोज दिएको भिडियोमा प्रष्ट हेर्न सकिन्छ ।

यसरी डयुटीकै बेला प्रहरीको बर्दि लगाएरै एक स्वास्थ्य जस्तो सँवेदनशिल क्षेत्र मानिएको सिटी स्क्यानको ल्याबमा गएर बियर खानु प्रहरीको अनुशासन विपरित मानिन्छन् । अनुशासनहिनताको लागि उनलाई कारवाही समेत गर्न सकिने बताइन्छ ।

यस सन्दर्भमा पत्रकार मौसम झाले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेत‌सँग कुरा कानि गर्दा, भिडियोको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । उनलाई भिडियोको बारेमा भनेपछि उनले भिडियो देखेर मात्र प्रतिक्रिया दिने बताए ।

दरभँगा सिटी स्क्यानका सँचालक केदार यादवसँग सई नागेन्द्र यादवको घनिष्ठता रहेको छ । सोही कारण सई यादवले डयुटीको बेला पनि बियर खान दरभँगा सिटी स्क्यान पुग्ने गरेको बताइएको छ ।

केही महिनाअघि गत वर्षको होलीमा जनकपुरका विमानस्थलमा कार्यरत एक प्रहरी हबल्दारले बर्दिमै बियर खाएको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको थियो ।