मधेशटप डेस्क,

जनकपुरधाम :आज आइतबार उप माहा नगरपालिका का अती व्यस्त सडक रेल्वे स्टेशन पुल चौक देखि सहिद नगर पालिका जाने सडक ( यदुकाहा ) को अबस्था दैनिय भएको भन्दै स्थानीय द्वारा पुल चौकमा टायरबाली चक्का जाम गरेका छन ।

सर्वसधारणको चाप हुने उक्त सडकमा दैनिक जनताले सास्ती खेप्नु परेको छ । पुर्वी धनुषाको लागि लाईफ लाईन रहेको उक्त सडक मर्मत सम्भार अभावमा जिर्ण बनेपछि स्थानीय अजित भएका छन् ।

सडक मर्मत सम्भारमा ध्यान नदिएको भन्दै पुलचौकका स्थानीय युवा,नागरिक समाज लगायतका हरु स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्रिय सरकारका विरुद्धमा नारावाजी गरि आज टायरबारी सडक जाम गरेका छन ।