सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप २४ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा १ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १२ हजार ७ सय १२ जना संक्रमणमुक्त भएका छन् ।