सोनम मिश्र,

लाहान : आज श्री कृष्ण जनमाषटमीको अवसरमा लाहान लगायत सिरहा जिल्लाका विभिन्न सथानहरुमा कृष्ण मन्दिरहरुमा भत्तजनहरुको घुईचो लागेको छ ।

वैदिक मान्यता अनुसार श्री कृष्ण जन्माषटमीलाई गोकुलाषटमी,अष्टमी,कृष्णाअष्ट्मी, कृष्ण जयन्ती वा साधारण भाषामा जनमाषटमी भन्ने गरिन्छ ।भगवान विषणुको आठौं अवतारको रुपमा श्री कृष्णको जन्मदिनका अवसरमा हिन्दुहरुले मनाईने वार्षिक पर्व हो।श्री कृष्णको जन्म भाद्र पक्षको मध्य रात्री १२ बजे भएको थियो ।

जन्माषटमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरुमा कृष्णको पुजा-आराधना,प्रवचन,भजन-किर्तन गर्नुका साथै महिलाहरु ब्रत बसी रातभर जाग्रान बस्ने चलन छ।

राति १२ बजे कृष्णको जन्म भई सकेपछि भत्तजनहरु घन्टि बजाएर कृष्णको आरती गर्छन।यसका साथै भत्तजनहरु आफ्नो ईषट-मित्र,छर छिमेक सँग एक -आपसमा प्रसाद बाटेर खुसी प्रकट गरछन ।यसको भोलिपल्ट कतिपय स्थानमा दहि हाँडि वा मटका फोर्ने प्रतियोगिता पनि आयोजन गरेको पाईन्छ ।

जनमाषटमी पाटनको मंगलबजार स्थित प्रशिद्व कृष्ण मन्दिरमा ठुलो मेला लाग्छ।

यसै उपलक्ष्यमा काठमाडौ लगायत मुलुकका विभिन्न नगरका धार्मिक संस्थाहरु द्वारा श्री कृष्णको झाँकी सहित शोभायात्रा निकालिने चलन छ।भारतमा समेत विभिन्न समुदायका हिन्दु धर्मालमबीहरु कृष्णाषटमी हषोललासका साथ मनाउने गरछन।