सप्तरी । देशमा थप २ हजार २९५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १६ हजार २३३ जनाको कोरोना परीक्षणमा १९ सय २ जना पिसीआर र ३९३ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो । । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६१ हजार १ सय २४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १५ हजार ५ सय २० जना संक्रमणमुक्त भएका छन् ।