उदयपुर । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्रउ पर्नेमा उदयपुर जिल्लाको ताप्ली गाउँपालिका–२ लेखगाँउ बस्ने ३२ वर्षीय राकेश राई रहेको प्रहरीले जानकारी दिएको छ ।

भदौ २ गते ती बालिकालाई राईले आफ्नै घर लगि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।