सुनसरी । लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।

करिब २१ किलो अवैध लागूऔषध गाँजा सहित सोमबार साँझ २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्रउ पर्नेमा ईटहरी उपमहानगरपालिका ४ बस्ने २७ वर्षीय दिपेन्द्र राई र उनकै श्रीमती २५ वर्षीया शर्मीला राई रहेको प्रहरीले जनाएको छ ।

ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।