सप्तरी । सप्तरीबाट ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिकाबाट लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हनुमाननगर कङकालिनि नगरपालिका वडा न.८ योगिनियाका अन्दाजि २५ वर्षीय धिरु भनिने धिरेन्द कुमार यादव रहेका छन् ।

गोप्य सूचनाको आधारमा यादवको घर छापामारी गर्दा १ सय २५ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घर नजिकैको धान खेतमा लुकाएर राखिएको अवस्थामा ब्राउनसुगर बरामद गरिएको छ ।

यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।