जनकपुरधाम । श्री राधाकृष्ण मन्दिर लक्ष्मीनियाँ गाउँ पालिका वडा नं. ७ लक्ष्मीनियाँ बजार, धनुषाको श्री राधाकृष्ण मन्दिर व्यवस्थापन समितिद्वारा आयोजित विशिष्ट तवरको श्रीकृष्ण जन्माष्टमी पुज्नोत्सव कार्यक्रमको मध्य अध्यायमा महावीर युवा कमिटीको नवनिर्मित समतिका पदाधिकारीहरुलाई शुभकामना तथा सम्मान कार्यक्रम समारोमा श्री राधाकृष्ण मन्दिरका मठाधिश सौखिलाल यादवको शुभ आषिशले अध्यक्ष बलराम साह, उपाध्यक्ष महेश साह,
महासचिव दिपक साह मिन्टु, लगायतका पदाधिकारीहरुलाई शुभकामना तथा सम्मान व्यक्त गरियो ।

कार्यक्रमका अध्यक्षता ग्रहण गर्नु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आर. पि. अधिकारी, प्रमुख अतिथिमा महावीर युवा कमिटीका नवनिर्वाचित अध्यक्ष बलराम साह, विशिष्ट अतिथिमा सकृय युवा सञ्जाल धनुषाका अध्यक्ष रोशन कुमार यादव लगायत अतिथिगणमा जितेन्द्र यादव, प्रबोध यादव, रामगुण यादव, मुकेश यादव, रामकुमार यादव, सरोज यादव, भरत यादव, चन्द्रदीप यादव, पप्पु यादव, उदित यादव, उदय यादव लगायतका उपस्थितिमा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सुसम्पन्न गरियो ।

 

कार्यक्रममा सम्पूर्ण महावीर युवा कमिटीका सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरु लाई पुजा समिति द्वारा दोसल्ला ओढाई तथा अवीर अर्पण गरि सम्मान तथा शुभकामना मन्तव्य ज्ञापन अभिव्यक्त गरियो ।