सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप २० जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा २ हजार ५२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६३ हजार १७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३० जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।