मोरङ । अबैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।

रतुवामाई नगरपालिका २ घरु चौकबाट अबैध लागूऔषध सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ५ बस्ने २३ वर्षीय समिर मगर सति २ जना रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नियन्त्रित लागूऔषध ५ सय ट्याब्लेट स्पासपेन र १ हजार ट्याब्लेट ट्रामाडोल बरामद भएको प्रहरीले जानकारी दिए

मे.१ ह ३१७२ नम्बरको ट्याम्पोलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी ट्याम्पो चालक मगर सहित २ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।