जनकपुरधाम, भदौ १७ गते । प्रादेशिक अस्पताल जनकपुरमा एक स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट भएको छ ।

बिहीवार दिउँसो अस्पतालमा कार्यरत एचए देवेन्द्र ठाकुरमाथि अस्पताल परिसरमै कुटिएका छन् ।

अस्पतालको माथिल्लो तल्लामा कर्मचारीको मिटिङ चलिरहेको बेला ठाकुरलाई त्यहाँबाट तल बोलाएर एक समुहले निर्घात कुटपिट भएको हो ।

विरामीको पुर्जा काट्ने काउण्टर अगाडी उनीमाथि कुटपिट भएको हो । कुटपिट गर्ने समुहले अस्पतालभित्र रक्सी खाएर आएर ड्युटी गरेको बताउँदै आएका थिए ।

यद्दपी उनी रक्सी खाएर आएको विषयलाई लिएर कुटपिट नभएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।

‘जेसुकै कारण भएपनि कानुनी प्रक्रियामा जानुपर्यो नि । यसरी अस्पतालभित्र पसेर गुण्डागर्दी गर्न मिल्छ । घटनाबारे निष्पक्ष छानविन गरि दोषीलाई कडा कारबाही गर्नुपर्छ,’ एक डाक्टरले भने ।

कुटपिटबाट घाइते भएका ठाकुरलाई टाउको, छाती लगायतका शरिरका अंगमा चोटपटक लागेको छ । उनको उपचार अस्तालमै भइरहेको बताइएको छ ।

अस्पताल परिसरमै स्वास्थ्यकर्मी कुटिदा अस्पताल सुरक्षाका लागि खटिएक सरक्षा गार्ड मुखदर्शक भएर हेरिरहेका थिए । ‘सुरक्षागार्ड कै अगाडि स्वास्थ्यकर्मी कुटदा अस्पताल सुरक्षाका लागि खटिएका गार्डले के हेरेर बसिरहेको थियो’ एक स्वास्थ्यकर्मीले भने, अस्पतालमा आउने सवारी साधन पार्किङ्ग गर्न कै लागि सुरक्षा गार्ड खटाइएको हो ।’
यद्दपी विवादको कारणबारे प्रादेशिक अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. प्रमोद यादवसित बुझ्न खोज्दा उनीसित सम्पर्क हुन सकेन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले समेत घटनाबारे केही थाहा नभएको बताए ।