महोत्तरी : महोत्तरीको सोनमा गाउँपालिका ७ स्थित जनता माबि बिधालय सुन्दरपुरको पोखरीमा एक पुरुष डुबेर वेपत्ता भएका छन्।

उनि नुहाउने क्रममा बेपत्ता भएकाे स्थानीयले जनाएकाे छ। स्थानीय एक ५० वर्षीय पुरुष पोखरीमा मलामि बाट फर्केर नुहाउने क्रममा बेपत्ता भएका छन ।

स्थानीयका अनुसार मलामि बाट फर्केर सबै जना पोखरीमा नुहाउन गएको तर ती पुरुष पोखरीबाट बाहिर नआएर पोखरीमा डुबेर हराएका  छन ।

स्थानीयले खबर गरेपछि अहिले प्रहरीको टोली घटना स्थल पुगेका छन् ।पोखरीमा बेपत्ता भएपछि प्रहरीको टोलीले खोज्ने भएको छ । तर बेलुका  भएकोले खोज्न समस्या हुने प्रहरीले जनाएको छ ।