मौलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरी गीत संगीत क्षेत्रको संरक्षण र प्रबर्द्धनका लागि जुटिरहेका लोकप्रिय गायक दिपक थापाले नयाँ काठे लोक दोहोरी गित” तिमी तिरै गैरन्छ ध्यान मात्रै” बोलको गित बजार मा ल्याएका छ्न ।

सार्बजनिक हुनु अघिनै टीकटकमा समेत दर्शक श्रोताको रोजाइमा परेको उक्त गितसङ्ग निकै आशाबादी रहेको गायक थापाले बताएका छन।उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् ।

उक्त गितमा उनै गायक दिपक थापा र चर्चित लोक गायिका पार्बती कार्किको सुमधुर स्वरमा रहेको छ गीतमा गायक थापाकै शब्द तथा सङ्गीत रहेको छ। नारायण दङ्गालको एरेन्ज रहेको यो गित मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।

सार्बजनिक गितमा मोडल ओए गन गन का चर्चित मोडल सुदर्शन खतिवडा , चर्चित मोडल आयुस्मा कार्की, रामकुमार दुतराज, रामकुमार खतिवडालगायत कलाकार हरुको अभिनय लाई देख्न सकिन्छ भने दिपक गिरिको छायांकन रहेको भिडियोमा चर्चित निर्देशक निरेन श्रेष्ठले निर्देशन गरेका छन।

भिडियो लाई रोशन धितालले सम्पादन गरेका छन भने भिडियो Dipak Thapa official Youtube च्यानलमा हेर्न सकिन्छ।

भिडियो हेर्नुस