जनकपुरधाम :  महोत्तरीमा लुकाई छिपाई राखेको केराउ मटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

एकडारा गाउपालिका वडा न.५ बहेडा स्थित १२:०० बजेको समयमा रामकृपाल साहको सटरमा भन्सार छली गरी भारत तर्फ निकासी गर्ने प्रयोजनले केराउ मटर गोदाम गरी राखीएको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी खटि टोलीले मटर केराउ नियन्त्रणमा लिएको हो ।

उक्त गोदाम घरबाट २०० बोरा अन्दाजी ५ हजार के.जी. (जसको मुल्य ५ लाख ६० हजार रहेको) बराबरको केराउ मटर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मालिवारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।