जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको वडा न.२ को चोराकोयलपुरमा नेकपा माओवादी केन्द्रको युवा सँगठन वाईसिएल (योङ्ग कम्युनिस्ट लीग) को वडा कमिटि गठन भएको छ ।

बिहिवार (आज) बसेको बैठक बाट युवा नेता कासिन्द्र भिनबार यादवको अध्यक्षतामा ८५ सदस्यीय कमिटि गठन गरिएको बताइएको छ ।

योङ्ग कम्युनिस्ट लीग नगर अध्यक्ष मनोज मण्डलको अध्यक्षता तथा शहिदनगर नगरपालिकाका नगर प्रमुख एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा बसेको बैठकबाट वाडा स्तरीय वाईसिएल कमिटि गठन गरिएको हो ।

सो कार्यक्रममा विशिष्ट अतिथिमा योङ्ग कम्युनिस्ट लीग प्रदेश कमिटी सदस्य रामकिशोर पासवान, रुपेश बिराजि अतिथि वडा न.२ का वडा अध्यक्ष जैसिलान भिनबार, नगर सचिव रामकुमार यादव लगायतको नेता तथा कार्यकर्ता समेत सहभागी भएका थिए ।

शहिदनगर नगरपालिका योङ्ग कम्युनिस्ट लीग (YCL) नेपाल को चोराकोयलपुर वाडा कमिटी को बैठक बाट क. कासिन्द्र भिनबार यादव (अध्यक्ष ) ,क.सुरेन्द्र (बब्लु) यादव (उपाध्यक्ष) , क. ईन्द्रजित पासवान (उपाध्यक्ष) , क. मनिष भिनबार (कोषाध्यक्ष) , क.रोशन यादव(सचिव ) , क.बिनोद यादव (सह-सचिव ) रहने गरि ८५ सदस्य ycl वडा कमिटी गठन भएको छ ।