मधेशटप,भाद्र १७ गते ।

जनकपुरधाम : प्रदेश न.२ का अस्थायी राजधानी जनकपुरमा  जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रि हेरफेर बारे छलफल  खुलासा गरेका छन् ।

मन्त्रालयलाई लिएर अर्थ मन्त्रालय र भुमि व्यवस्था कृषि तथा सहकारी  मन्त्रालय  बिबाद भएको सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नमा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मन्त्रालय बारे  कुनै बिबाद नरहेको समेत बताए ।

उनले भने ‘कसैको घटुवा होईन , मन्त्रालय हेरफेर भनेको त साधारण कुरा हो,सामान्य प्रक्रिया मात्र हो ।
मुख्यमन्त्रीले ठानु भ्हएको होला या बढी जिम्मेवारी अझ केहि काम बढी काम हुन्छ’ ।

प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको थियो  । प्रदेशन.  २को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको थियो  ।

अर्थ  मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादवलाई दिइएको बारे  समेत अध्यक्ष यादवले बताए  ।

भिडियो ।