जनकपुरधाम। मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् ।

साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

नेपालका लागि ३५ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए । तर, ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काए ।