पर्वत । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसङ्गै नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ ।

यसै समयमा केही दिन अगाडि सार्वजनिक भएको नयाँ तीज गीत साइतैमा पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा अत्यधिक मनपराको पाइएको छ ।

पछिल्लो समय चर्चामा आएका गायक जनक पौडेल र गायिका संगीता पौडेल स्वर रहेको छ भने गीतको शब्द , लय गायक जनक पौडेल को नै रहेको छ ।

कृष्ण थापा कल्पना पाण्डेले अभिनय रहेको गीतमा नारायण दंगालले एरेन्ज गरनुभएको छ। गीतको निर्देशक चर्चित गायक तथा मोडल राजेश भण्डारीले गर्नुभएको छ । गीत राजेश भण्डारीको युट्युब च्यानल बाट सार्वजनिक भएको थियो ।

केही समय अगाडि गायक जनक पौडेलको सार्वजनिक भएको
“नुनको भाउ सुन भयो”

बटौलिको नामफेरी बुटवल बुटवल भयो नामको गीत पनि सामाजिक सञ्जाल टिकटकमा अत्यधिक मनपराको पाइएको थियो ।