मधेशटप, भदौ १७ गते ।

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन् ।

जसपाका वडाध्यक्ष साह महन्थ ठाकुर नेतृत्वको नवगठित पार्टी लोसपामा बिहीबार निर्वाचन कार्यालय पुगेर सनाखत गरेका छन।

जसपा विभाजन भए पश्चात अहिले त्यसबाट असन्तुष्ट जनप्रतिनिधि लोसपामा खुल्न थालेका छन् । दलतमा सनाखत गर्ने समायावधि भदौ २२ गतेसम्मका लागि निर्वाचना आयोगले तोकेको हो ।

साह पूर्व राजपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सोहि धारमा लागेका हुन् । जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह जसपामै रहने निधो गरेका छन् भने उपमेयर रिता झा लोसपामा सनाखत गरिसकेकी छिन् ।

जनकपुरधाम उपमहानगरपालिकामा अधिकांश वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडासदस्यहरु लोसपामै सनाखत गर्ने आकलन गरिएका  छन ।