सिरहा : सिरहाबाट ब्राउन सुगरसहित एकजना व्यक्ति पक्राउ ।
पक्राउ पर्नेमा सिरहाकाे मिर्चैया नगरपालिका -५ बस्ने २६ वर्षीय माेहमद निजाय शेख रहेका छन् ।
सिरहा नगरपालिका -१७ काली चाैकस्थित ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी गस्ती टाेलीले चेकजाँच गर्ने क्रममा शुक्रबार शेखलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएका छन् ।
पक्राउ परेका शेखकाे साथबाट साढे दस ग्राम अवैध ब्राउन सुगर बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतले जानकारी दिएका छन् ।
Discussion about this post