सुनसरी । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्रउ पर्नेमा दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनीला रहेको प्रहरीले जनाएको छ ।

भदौ १५ गते ती बालिकालाई सहनीले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।