सप्तरी । देशमा थप १ हजार ८९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ८९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ५,१७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २,८०१ एन्टिजेन परीक्षण गर्दा ११३ गरी १,०८९ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख २७ हजार १ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।