उमेश कुमार साह,

बलान बिहुल । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेलही चौकमा चलहुम दाहा मेलाको आयोजना गरेका छन् ।
शनिबार एक कार्यक्रम बिच प्रमुख अतिथि प्रदेश सभा सदस्य मो . समिमले मेला उदघाट्न गरेका छन् ।

उत्त कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष दयानन्द गोईत , नेपाली काङग्रेस ४(ख ) क्षेत्रिय सभापति जितेन्द्र यादव, अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज कसमार बैनता,रासस कर्मी राजु विश्वकर्मा, नेकपा एमाले युवा नेता अशोक यादव लायतको उपस्थिति थियो ।

शनिबार देखि सोमबार सम्म लागने मेलमा लाठी, तलबार, फर्सा लगगायत घरेलु हथियार सहित कला प्रर्दशन मुस्लिम युवाहरुले गर्ने गरि नेपाल भारतका गरि ८ वटा टिमको सहभगितामा हुने खेलमा , नेपाल तर्फका टिकुलिया, छरापट्टी, गौरा, लालपट्टी र भारतका मझोरा, मुरारपटी, कमलपुर, बघा का टिमहरु सहभागि रहने प्रतियोगितामा प्रत्येक टिमबाट २५ जना गरि २०० खेलाडिको सहभागिता रहने आयोजक समितिका अध्यक्ष मोहमद इजराहुलले बताए ।

सो प्रतियोगितामा प्रथम पुरस्कार ५ भरी चाँदी १० हजार नगद, द्धितय पुरस्कार ३ भरी चाँदी ८ हजाार नगद र तीतृय पुरस्कार २ भरी चाँदी ५ हजार नगद दिने आयोजक समितिका अध्यक्ष इजराहुले बताए । कार्यक्रमको अध्यक्षता वाडा नम्बर ४ का अध्यक्ष मो. हंशु मियाँले गरेका थिए ।