सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप २० जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा १ हजार ८९७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७ सय ५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ जना ४३ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख २८ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् ।