सप्तरी : स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले सप्तकोशी नगरपालिका वार्ड न. ९  कमलपुर हटिया बजारमा कृषि हाट बजारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कमलपुरमा उपभोक्तालाई लक्षित गरी निर्माण भएको आधुनिक तरकारीको हाट बजारको आज उद्घाटन सम्पन्न भएको छ।

सप्तरी सप्तकोशी नगरपालिका वार्ड न. ९ कमलपुर  बजारमा कृषि हाट बजार निर्माण भएको सो बजारको सोमबार  प्रदेश न .२ का अर्थ मन्त्रि  शैलेन्द्र प्रसाद साह ज्यूद्वारा उद्‍घाटन भयो ।

प्रदेश २ सरकार अन्तर्गतको तत्कालिन व्यवसायिक कृषि तथा व्यापार अव्यवस्थित रुपमा संचालनमा रहेको तरकारी बजारलाई व्यस्थित बनाउन एकीकृत तरकारी बजार निर्माणले सहयोग पुर्‍याउने विश्वास समेत कृषि मन्त्रि साहले लिएको छ।

बजारमा प्रदेश नम्बर- २ का सप्तरी स्तिथ कमलपुर  बजारमा तरकारी बजार मापदण्ड अनुसार भएको बताइएको छ । बजारको उद्घाटन गर्दे अर्थ मन्त्रि  साहले कृषिको उत्पादन वृद्धि गर्नुपर्नेमा जोड पनि दिदै मन्त्रि साहले बताए।

विशिष्ट अथिती जसपा केन्द्रिय सदस्य कल्पना चौधरी, सप्तकोसी नगर प्रमुख,अथितीमा जसपा जिल्ला अध्यक्ष केदार यादव,जिल्ला सचिव चित्रंजन यादब तथा सप्तकोसीको वडा अध्यक्षहरु लगायत बिभिन्न पार्टीको नेता कार्यकताहरुको उपस्थितीमा कार्यकर्म सुसम्पन भयो।

त्यस्तै उद्घाटन सामरोहमा उपस्थित हुने बिभिन्न पार्टीका कार्यकर्ताहरुको उपस्थितिमा उद्घाटन सम्पन्न भयो ।