जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहितका नियुक्ति खारेज भएको छ ।

उच्च अदालते जनकपुरले प्रदेश २ सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहितका नियुक्ति खारेज गर्न आदेश दिएको हो ।

प्रतिष्ठानका उपकुलपति डा. रामकेबल साह, शिक्षाध्यक्ष डा.अंकुर साह र रजिस्ट्रार डा.विनोदकुमार यादवको नियुक्ति उच्च अदालतले खारेज गर्न आदेश दिएको हो । प्रतिष्ठानका पदाधिकारीको नियुक्ति गैरकानुनी रहेको भन्दै देवानन्द झाले मुख्यमन्त्री लालबाबु राउतलाई विपक्षी बनाई दिएको रिट माथि सुनुवाई गर्दै अदालतले सोमबार यस्तो आदेश दिएको छ ।

प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति कानुन सम्वत नभएकाले तलब सुविधामा समेत रोक लगाउने गरी नियुक्ति खारेज गर्न न्यायाधिश धीरबहादुर चन्दको एकल इजलासले अन्तरिम आदेश दिएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन ४४ अनुसार विनियम र कार्यविधि नबनाई गरिएका नियुक्तिहरु कानून सम्मत नरहेको अदालतले ठहर गर्दै विनियम र कार्यविधि नबनुञ्जेलसम्म उनीहरुको नियुक्ति कार्यान्वयन नगर्न आदेशमा भनेको छ ।