राजविराज : जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको राजविराजमा मंगलबार अगुवा नेता,कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

जनता समाजवादी पार्टीका नेता एबम् प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले मधेश बिद्रोहबाट प्राप्त अधिकारलाई समाप्त पार्ने खेलमा लोसपा नेताहरू सक्रिय रहेको आरोप लगाएका छन् ।

जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा सप्तरीको राजबिराजमा मंगलबार आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अर्थ मन्त्री नियुक्त भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आएका मन्त्री साहले अगुवा नेताकार्यकर्तालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीले मात्र मधेसी जनजाको अधिकार सुनिश्चित गर्ने बताए । मधेश बिद्रोहले जन्माएको पार्टी जसपा हो मन्त्री साहले भने, मधेश आन्दोलनमा रगत बगाएका नेताकार्यकर्ता सबै जसपामा छन् । लोकतान्त्रिक समाजवादी पार्टी मधेस आन्दोलनको उपलब्धिलाई समाप्त पार्न प्रतिगामीहरुले बनाएको पार्टी भएको मन्त्री साहले आरोप लगाए ।

मन्त्री साहले देशमा उत्पीडित जनताको हक अधिकारका लागि लड्ने एकमात्र पार्टी जसपा भएकोले पार्टीको अग्रगामी अभियानमा गोलबद्व हुन आग्रह गरे । जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का साँसद बिक्की यादव, अभिषेक यादव, नेत्रबिक्रम साह, राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव, तिरुहुत गाउँपालिकाका अध्यक्ष हेमन्त कुमार बहडखेरले नवनियुक्त अर्थ मन्त्री साहलाई शुभकामना व्यक्त गरे ।

यसैगरी जसपाका केन्द्रिय सदस्य अनिरुद्व प्रसाद सिंह यादव, अशोक यादव, भिमराज यादव, जसपा मधेश प्रदेश समिति प्रदेश नम्बर २ का मुख्य सचिब शम्भु झा, महिला नेत्री दिल कुमारी चौधरी, सावित्री पंडित, मिरा यादव, रिता शर्मा यादव, जसपाका युवा नेता किशोर कुमार यादव केसी, बिद्यार्थी नेता शम्भु यादव, श्याम यादव, युवा नेता शिवम यादव लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।

जनता समाजवादी पार्टी सप्तरीका सचिब चित्तरञ्जन यादवद्वारा संचालित कार्यक्रममा स्वागत युवा नेता लक्षमण यादवले गरे ।