जनकपुरधाम  : जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक गाई मरेको छ ।

जनकपुरको भानुचोक र शिवचोकको बिचमा जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडी मंगलबार राति करब ९ बजे मोटरसाइकलको ठक्करबाट गाई मरेको हो ।

धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरका १८ वर्षीय इस्तियाक राईन र दिपेश यादव सबार मोटरसाइकलले शिवचोकबाट भानुचोक तर्फ जाने क्रममा गाईलाई ठक्कर दिएको हो ।

ठक्कर पश्चात् गाईको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

दुबै युवकलाई पक्राउ गरेर रेल्वे स्टेसन प्रहरीचोकीमा राखेको जनाएको छ ।

घटनामा दुबै युवकलाई समान्य चोटपटक लागेको छ ।

उपमगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमा जथाभावी छाडिएको छाडाचौपाया नियन्त्रण नगर्दा सडक दुर्घटना हुँदै आएको छ ।