जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नेपाली महिलाहरूको महान पर्ब हरतालिका तिजको अबसरमा तिज विशेष कार्यक्रम आयोजना गरिएको थियोे ।

गणेशमान चारनाथ नगरपालिकाद्वारा आयोजित तीज पर्वक शुभकामना अदान– प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गणेशमान चारनाथ नगरपालिकाका उप प्रमुख मिना कुमारी यादवले मिथिलाको संस्कृती र संस्कारलाई यस भुभागमा जिवन्त राख्ने काम महिलाहरुले गरेको समेत बताउनुभएको छ ।

उप प्रमुख मिना कुमारी यादवले मिथिलाको कला, संस्कृती, संगीत र साहित्य भारतिय उपमहादिप सहितका यस भुभागमा अवल दर्जाको रहेपनि राज्यको उदासिनता र प्रोत्साहनको अभावमा संरक्षण हुन नसकेको बताएकि छिन् ।

उप प्रमुख यादवले महिला प्रेमको प्रतिक रहेको जस्ले देउवा जस्तै श्रीमान र परिवारलाई पनि पुज्ने गरेकाले महिलाकै कारण समाजमा प्रेमको सञ्चार भइरहेको बताइन ।

बाईट १ मिना कुमारी यादव,उप प्रमुख,गणेशमान चारनाथ नगरपालिका, धनुषा यता नेपाली कांग्रेसका महिला नेतृ तुल्सा पाण्डे पटेलले वाहिरी संस्कृतीको प्रभाव अरु धर्म र क्षेत्रमा धेरै परेपनि मिथिला कला र संस्कृतीमा त्यसले प्रभाव जमाउन नसकेको भन्दै संस्कृती बचाउने महिलाहरुको धन्यवाद दिएका छन् ।

शुभकामना व्यक्त गर्दै महिलाहरुको वृति विकासका लागि हामीहरु तत्पर रहेको उनले बताए ।

बाईट२ तुल्सा पाण्डे पटेल, नेतृ ,नेपाली कांग्रेस
त्यस्तै शिक्षक सरिता सिहंले तिज पर्व आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै उहाँले निराहार ब्रतका नाममा पानीसमेत नखाई भोकभोकै ब्रत बस्नुको अर्थ नहुने विचार व्यक्त गर्नुभयो । भन्नुभयो, “चित्त शुद्धि भएमा काया पनि स्वतः शुद्धि हुन्छ ।

उहाँले तिजको अवसरमा महिलाहरूले पारिवारिक तथा सामाजिक विभेद, अन्याय र अत्यचारविरुद्ध गीतका माध्यमबाट विद्रोह गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका वडा नं ८ का वडा अध्यक्ष रितेश सिहं , नगर संयोजक महेश लाल यादब, जनप्रतिनिधि , पत्रकार लगायतका उपस्थिती थियो ।