महोत्तरी। महोत्तरी जिल्ला को १० वटा स्थानिय तहलाई ७ लाख बराबरको स्वास्थ सामग्री हस्तान्तरण गारिएको छ ।

बिराट नेपाल मेडिकल ट्रष्टले अमेरिकेयर्स (Americares) को आर्थिक सहयोगमा Emergency Support Sustenance to Communities Affected by Crisis ( SUSTAIN- phase -3) नामक परियोजना अन्तरगत जनस्वास्थ्य कार्यालय महोत्तरी जलेश्वर लाई बिराट नेपाल मेडिकल ट्रष्टद्वारा महोत्तरी जिल्ला को १५ वटा स्थानिय तह मध्ये १० वटा स्वास्थ्य संस्थालाई पि. पि. इ. किट -२००,सर्जिकल मास्क-४२५०, के.एन.९५-५००, ग्लोव्स-६० बॉक्स, फेस शिल्ड-२५०,सैनिटाइजर-१००० थान स्वास्थ सामग्री सहित २०० औषधी खाईरहेका क्षयरोगीलाई हाईजीन किट गरी ७ लाख बराबरको स्वास्थ्य सामग्री बिराट नेपाल मेडिकल ट्रष्ट का प्रोजेक्ट कोडिनेटर डॉ. मनोज कुमार साह ले जिल्ला स्वास्थ कार्यालय महोत्तरी का निमित प्रमुख भोला यादव लाई हस्तान्तरण गरेका छन ।

स्वास्थ कार्यालयमा प्राप्त भएको स्वास्थ सामाग्री जिल्लाको जलेश्वर अस्पताल, वर्दीवास अस्पताल, लोहारपट्टी प्रा.स्वा. केन्द्र, रामगोपालपुर प्रा.स्वा. केन्द्र, गौशाला प्रा.स्वा. केन्द्र, सम्सी प्रा.स्वा. केन्द्र, बलवा स्वा. चौकी, धमौरा स्वा. चौकी, सोनमा स्वा. चौकी र खुट्टापिपराढि स्व.चौकी/ स्वास्थ्य संस्थामा पालिका संग समन्वय गरी कोभिड-१९ महमारिको आपातकालीन समयमा अग्रपंगतिमा रहेर कार्यरत स्वास्थ्यकर्मिहरु र ल्यावकर्मीको सुरक्षाको लागी १० वटा स्वास्थ्य संस्थामा हस्तान्तरण हुने कार्यालय प्रमुख भोला यादव र जिल्ला कार्यक्रम संयोजक डॉ. मनोज कुमार साहले जानकारी दिनुभयो ।

बिराट नेपाल मेडिकल ट्रष्टले विगत लामो समयदेखी क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको र कोभिड-१९ पहिलो, दोश्रो फेजमा झै यसफेजमा पनि स्वास्थ सामाग्री हस्तान्तरण कार्य सुचारू राखेको छ । इम्पैक्ट टी. बि. ( IMPACT TB) परियोजना अन्तर्गत क्षयरोग नियन्त्रणको काम बिगत ४ वर्ष देखि गर्दै आईरहेको छ ।

बिगतको वर्षमा पनि क्षयरोगीलाई खाद्यान्न र स्वास्थकर्मीलाई स्वास्थ सामाग्री उपलब्ध गराएको थप्दै यस पालि महमारिको समयमा जिल्लामा निरन्तर सहयोग गर्दै आइरहेको बि.एन.एम.टी. नेपाललाई स्वास्थ्य कार्यालय महोत्तरी का निमित प्रमुख यादवले धन्यवाद दिदै यस महमारिको घडीमा सहयोगको निरन्तरताको आशा राख्नु भयो ।


कोभीड-१९ जस्तै क्षयरोग पनि त्यति नै घातक रहेकोले हामी सम्पूर्ण टिम निरन्तर आफ्नो अभियानमा लागेका छौ ।

स्वास्थ्य सामाग्री सहित औषधी उपलब्ध गराउन हामी पहल गर्छौ र आफ्नो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता
बिराट नेपाल मेडिकल ट्रष्ट का प्रोजेक्ट कोडिनेटर डॉ. मनोज कुमार साह जानकारी दिनु भयो ।