सप्तरी । देशमा थप १ हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १३ सय ४७ पिसीआर र २ सय ९३ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७३ हजार ५ सय २९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २१ सय ६१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३३ हजार १ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।