सिरहा । सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका–७ हनुमानचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका ९ बस्ने २० वर्षीय श्रवणकुमार महतो रहेको प्रहरीले जनाएको छ ।

स ५ प २४ ०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा महतो गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार युवक घाइते भएका छन् । ती युवकको कसहा हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।