सप्तरी । देशमा थप १ हजार २७१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार २७१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ११ हजार ९ सय ४४ जनाको परीक्षण उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७४ हजार ५ सय ८७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय ४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।