काठमाडौं । नेपाली काग्रेसको उपत्यकाकै कान्छो वडा सभापति सचिव घिमिरे बन्नु भएको छ । घिमिरे ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ३ मा कांग्रेसको उपत्यकामै सबैभन्दा कान्छो वडाध्यक्ष बन्नु भएको हो । घिमिरे अहिले २१ वर्षको हुनुहुन्छ ।

त्यस्तै, कांग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला दैलेखको दुल्लु नगरपालिका–३ को वडा सभापतिमा १९ वर्षीया किशोरी स्वस्तिका महत पनि वडा सभापति बन्नुभ भएको छ । उहाँलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका थिए ।