काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।

मन्त्रिपरिषद् विस्तारको विषयमा केही टुंगो नलागेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । बैठकमा अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको महामन्त्री खड्काले बताए । उनका अनुसार बैठकमा सैद्धान्तिक विषयमा सहमति भएपनि प्राविधिक विषयमा टुंगो लाग्न बाँकी रहेको छ ।