मधेशटप, भदौ २७ गते ।

जनकपुरधाम :  आज धनुषाको गणेशमान चारनाथ न.पा. २ राधापुरमा बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत   श्री नव दुर्गा आधारभुत विद्यालय राधापुरमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

श्री नव दुर्गा आधारभुत विद्यालयका प्र.अ. दिपेन्द्र धामीको अध्यक्षता र प्रमुख अतिथि प्रदेश न. २ का अर्थ मन्त्रि शैलेन्द्र प्रसाद साह सहित विशिष्ट अतिथि न.पा. का नगर प्रमुख रामबाबु यादव ,बिशेष अतिथि जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र न.१ क प्रत्यासी उम्मेदवार दिपक कार्की, साथ साथै कृष्ण साह समेतको उपस्थिति रहेको थियो ।

आइतबार भएको एक  समारोह आयोजन गर्दै कक्षा ८ का  छात्राहरुलाई प्रदेश-२ सरकारको तर्फवाट बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो।

कक्षा ८ तह अध्यनरत नव दुर्गा आधारभुत विद्यालय राधापुरमा २१  जना छात्राहरुलाई  प्रदेश न. २ का अर्थ  मन्त्रि  शैलेन्द्र प्रसाद साहद्वारा  साइकल बितरण गरिएको छ।

अर्थ मन्त्रि  मा. शैलेन्द्र प्रसाद साहले भन्नुभयो ‘प्रदेश सरकार बाट जे सहयोग गर्नु पार्छ त्यसमा म अर्थ मन्त्रि भएर पनि  शिक्षामा सहयोग गर्नेछु’ साथ् साथै शिक्षामा अझ  वृद्धि गर्नुपर्ने समेत बताउनु भयो।

उहाले भन्नुभो साइकल बितरण गरि छात्राहरु को पहुचमा शिक्षाको वृद्धि हुने समेत बताउनु भयो ।

गणेशमान चारनाथ न.पा. का वाडा सदस्य  सहित , प्रधानअध्यापक दिपेन्द्र धामी लगायतका,

नगरपालिकाका शिक्षा अधिकृत, प्रमुख प्रसासकिय अधिकृत उपस्थितिमा कार्यक्रम सम्पन्न भयों।