जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका ४ ठाडीमा नेकपा माओवादी केन्द्रले आईतवार अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

 

पार्टीका वडा कमिटी अध्यक्ष बिनोद गोहितमानको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ । यस्तै संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ ।

 

भेलामा स्थानीय नेताहरु इनुस राइन, शिव कुमार गोइत, रहमतुल्ला परमानी, परमेश्वरी देवी महरा, मोहरम नदाफ, सरिफ राइन, कलिम अधिकारी, सुजित पासवान लगायतको सहभागिता रहेको थियो ।