जनकपुरधाम । पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले सोमबार मातहतका कार्यालय प्रमुखहरुको द्विमासिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आयोजनामा सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले कार्यालय प्रमुखहरुले कर्मचारीहरुलाई अनुशासित बनाउन कडा कदम उठाउनु परेपनि पछि नपर्न निर्देशन दिए । उनले अनुशासनले कर्मचारी प्रति विश्वास बढ्ने र प्रदेशलाई विकास तर्फ डो¥याउने धारणा राखे । दोश्रो र तेश्रो मुलुकबाट आउने विज्ञहरु भन्दा तपाईहरु नै यहाँको माटोको लागि अनुभवि विज्ञ रहेकोले आप् mनो अनुभवको पुर्ण सदुपयोग गर्नु पर्ने आजको आवश्यकता रहेको उनले बताए । स्थानीय स्तरमा किसानहरुलाई प्राविधिक सहयोगले प्रदेशले नै कृषि क्षेत्रमा फड्को मार्ने निश्चित रहेको मन्त्री यादवले दावी गरे । मातहतका ११ वटा कार्यालयका प्रमुखहरुको सहभागिता रहेको सो कार्यक्रममा प्रमुखहरुले कार्यक्रममा प्रस्तुत गरेको गुनासोपत्र माथि टिप्पणी गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आप्mनो सेवा सुविधा भन्दा किसान लाभान्वित हुने एउटा शब्दपनि गुनासोपत्रमा नअटाउनुले कर्मचारीहरुको स्वार्थ प्रष्ट भएको बताए ।

कार्यालय प्रमुख अथवा अन्य कुनै कर्मचारीले मातहतका कर्मचारीलाई कार्यालयको काम बाहेक कुनै पनि नीजि काममा खटाईएको पाईएमा मन्त्रालयले कारवाही गर्ने चेतावनी समेत राज्यमन्त्री यादवले दिए । केही कर्मचारीहरु सरकारी कामदारलाई कार्यालय प्रमुखहरुले व्यक्तिगत काममा खटाएको गुनासाहरु विगत केही दिन यतादेखि आईरहेको प्रति दुख व्यक्त गरे ।