काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ । संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका छन् ।

सभामुखले सोमबार सर्वदलीय बैठक पनि राखेका थिए । उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएन । ओलीको अनुपस्थितिले हिजोको बैठक बिना निस्कर्ष टुंगिएको थियो।