जनकपुरधाम।  माननीय चन्दा चौधरीले लोकतान्त्रिक समाजबादी पार्टिको साधारण सदस्यता लिएकी छन । आज पार्टी कार्यालयमा पार्टिका अध्यक्ष महन्थ ठाकुरको हातबाट उनले सदस्यता लिएकी हुन ।
बिगत लामो समय देखि महन्थ ठाकुरको सानिध्यमा रहेर मधेश केन्द्रित राजनिती गर्दै आउनु भएकी सांसद चौधरी नेपालको महिलाहरुमा प्रभावशाली नेतृ मध्ये एक हुन । उनले नेपाल भारत मैत्री महिला समाज मार्फत महिला उत्थानको क्षेत्रमा पनि काम गर्दै आएकी छिन ।

नेतृ चौधरी तत्कालीन तमलोपाबाट सक्रिय राजनीतिको सुरुवात गर्दै नेतृत्व दायी भुमिका निर्बाह गरेकी थिइन । त्यसपछि बनेको राजपा हुँदै जसपा बिभाजन हुँदा उनले महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजबादी पार्टी रोजेकी थिइन ।

नेपालको राजनीतिकमा बलियो संभावना बोकेकी नेतृ चौधरी हाल संघिय संसदको प्रतिनिधि सभाको सदस्य समेत हुन ।