सप्तरी । देशमा थप १ हजार ५६२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ५६२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ११ सय ८० पिसीआर र ३ सय ८२ जनाको एन्टिजेन विधिबाट सुंक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७९ हजार ४ सय ९२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४२ हजार ३ सय ७ जना संक्रमणमुक्त भएका छन् ।