जनकपुरधाम : महोत्तरीको  मटिहानी नगरपालिकामा सोमबार राति पुरानो रिसिबी साध्न तीन नजना युवक माथि एक समुहले कुटपिट गरि घाइतेबनाएका छन्।

भारतको मधवापुर बजारमा गणेश पुजनोत्सवको अवसरमा आयोजना गरिएको आर्केष्टा नाच हेरेर मध्यराति घर फर्किरहेका मटिहानी नगरपालिका वडा नं. ७ बस्ने राजन मण्डल, राकेश रना र आशुतोष मण्डल माथि सोही ठाउँ बस्ने अमित चौधरी, निरन्जन चौधरी र जितेन्द्र चौधरी सहित ८-१० जनाको समूहले चारै तिरबाट घेरेर मरनासन हुने गरि कुटपिट गरी घाइते बनाएका छन्।

घाइतेहरुको प्रारम्भिक उपचार जलेश्वर अस्पतालमा गरी थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। मादक पदार्थ सेवन गरि ती समूहले मेयरको मान्छे भन्दै चारै तिरबाट घेरेर फाईटर र चाकुले आक्रमण गरी घाइते बनाएको घाइते राजन मण्डलले जानकारीदिएको छ।

घाइते तीनै जनाको टाउको, कान, हात र शरिरको विभिन्न भागमा चोटपटक लागेको छ। वर्ष दिन अगाडी दुर्गा पुजाको अन्तिम दिन मटिहानीमा भएको दुई पक्षबिच झडप भएको थियो । सोहि झडपको रिसिवि साध्न उनीहरुले मेयरको मान्छे भन्दै हामीहरुमाथि आक्रमण गरेको घाइतेहरुको भनाईरहेको छ।

आर्केस्ट्रा हेरेर आउदै गर्दा दशगजामै रहेको घर अगाडी दर्जनौ जनाले एक्कासी आक्रमण गरेको बताउदैं घाइते राजनले भने “हामीहरु आफ्नै घरमा रहेकोले आक्रमण गर्ला भन्ने ध्यानै गएनन्, घर अगाडी पुग्दा एक्कासी उनीहरुले फाईटर र चाकुले चारै तिररबाट हान्न थाले ।