सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाले खाजाखाना तथा विविध शीर्षकमा ५६ लाख बढी खर्च गरेको पाइएको छ ।

सिरहाको कल्याणपुर नगरपालिकाले एकवर्षमै खाजाखाना तथा विविध शीर्षकमा ५६ लाख बढी खर्च गरेको महालेखापरीक्षकले सार्वजनिक गरेको २०७८ को प्रतिवेदनमा उल्लेख छ ।

महालेखापरीक्षकले जनाए अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कल्याणपुर नगरपालिकाले खाना तथा विविधमा ५८ लाख ८८ हजार ३५ रुपैयाँ खर्च गरेको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर, यस नगरपालिकाले सो नगरेको पाइएकाले खाजा तथा विविध खर्चमा नियन्त्रण गर्न महालेखापरीक्षकको प्रतिवेदनले सुझाव दिएको हो ।