सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ७ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ९१ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा १ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८१ हजार ४ सय २५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४३ हजार ५ सय २७ जना संक्रमणमुक्त भएका छन् ।