सप्तरी । देशमा थप १ हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १६ सय ६५ पिसीआर र ३ सय ४६ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८१ हजार ९ सय ८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४५ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् ।